दफा ४७
साक्षीले जवाफ दिन कर लाग्ने
कुनै साक्षीले अदालतमा सोधिएको कुनै प्रश्नको जवाफ दिएमा सो जवाफले आफूलाई सजायको भागी बनाउन सक्छ भन्ने आधारमा त्यस्तो प्रश्नको जवाफ दिन इन्कार गर्न पाउने छैन । तर झुठा बके बापत कुनै कारवाई बाहेक जवाफ दिन कर लगाइएको यस्तो कुनै जवाफको आधारमा निजलाई पक्राउ गर्न वा निज उपर कुनै फौज्दारी कारवाई चलाउन हुँदैन र त्यस्तो जवाफ अरू कुनै फौज्दारी मुद्दामा प्रमाणमा लाग्ने छैन ।